आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओदलढुङ्गाका १, खोटाङका १, झापामा २, ताप्लेजुङका १, धनकुटाका १, मोरङमा ८, सुनसरीमा ४, धनुषाका १, काठमाडौँमा २२०, काभ्रेमा २, चितवनमा ४, धादिङमा १, नुवाकोटमा ११, भक्तपुरमा ३, मकवानपुरमा ७, ललितपुरमा २३ र सिन्धुलीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



यस्तै कास्कीमा ३२, गोरखामा १, तनहुँमा ५, पर्वतमा २, म्याग्दीमा ६, लमजुङमा ९, बागलुङमा ६, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, दाङमा ५, पाल्पामा ४, प्युठानमा १, बर्दियामा ५, बाँकेमा ३२, रकुमपुर्वमा १, रुपन्देहीमा ९, सल्यानमा ३, सुर्खेतमा ५, अछाममा १, कञ्चनपुरमा १ तथा बझाङमा ६ जना संक्रमित थपिएका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ।

सम्बन्धित समाचार