नेकपा प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

नेकपाको प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय गरेको छ । नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आजबाट शुरु भएको बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।

बैठकमा आगामी आन्दोलन कसरी अघि बढाउने, संगठन व्यवस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल गर्ने एजेन्डा रहेको बैठकपछि अध्यक्ष माधव नेपालले जानकारी दिए ।



बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जले आन्दोलनका विषयमा रिपोर्टिङ गरेका थिए । बैठक भोलि बिहान ११ पुनः बस्नेछ ।

सम्बन्धित समाचार