
आचार संहिता विपरित सर्वोच्च अदालतका चार न्यायाधिशहरुले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको खुलेको छ । संसद विघटनविरुद्धको रिटका विषयमा संवैधानिक इजलासमा सुनुवाई भइरहेका बेला चार न्यायाधिशहरुले प्रधानमन्त्रीसँग भेटेर छलफलसमेत गरेको खुलेको हो ।
यी चार जना मध्ये दुई जनाले गत २६ पुसमा र दुई जनाले गत २७ पुसमा प्रधानमन्त्रीलाई भेटेको स्रोतले जनाएको छ । २६ गते दिउँसो न्यायाधिशहरु सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीले भेटेका हुन् । कार्की संवैधानिक इजलासबाट हटेका हुनु भने मल्ला पछि राखिएका न्यायाधिश हुन् ।
त्यसैगरी २७ गते न्यायधिशहरु दिपककुमार कार्की र मिरा खड्काले भेटेका हुन् । यि मध्ये कार्की बरिष्ठतम न्यायाधिश हुन् । उनीहरुले साँझ ६ देखि १० को विचमा प्रधानमन्त्रीसँग भेटेको स्रोतले जनाएको छ ।
