
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले गृहमन्त्री रामबहादुर थापा बादल स्वार्थ पुरा गर्नका लागि ओली समूहमा गएको आरोप लगाएका छन ।
शुक्रवार मोरङको बेलबारीमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले गरेको पत्रकार सम्मेलनमा बैद्यले नेता थापालाई बैचारीक राजनिति भन्दा सत्ताको स्वार्थ पुरागर्न ओली समूहमा गएको बताएका हुन् ।
उनले प्रचन्ड–माधव भन्दा पनि अहिलेको अबस्थामा ओलीको प्रबृति खराब देखिएको बताए । देश पुरानै अबस्थामा फर्कने खतरा रहेको उनको धारणा छ ।
बैद्यले प्रधानमन्त्री केपि ओलीको अभिव्यक्तिहरुले राजतन्त्रलाई सहयोग पुग्ने गतिविधि बढाउने खालको रहेको पनि आरोप लगाए । उनले अहिलेकै अबस्थामा भने प्रचन्ड–नेपालसँग मिलेर आन्दोलन गर्ने पक्षमा आफनो पार्टी नरहेको स्पष्ट पारे । बिप्लब समूहसँग पार्टीक एकीकरणका बिषयमा छलफल भइरहेको उनले बताए ।
