नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ माघ ।
गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ । गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ भने प्रज्योलराज शाक्यको निर्देशन रहेको छ । अन्जु सुनार तथा सन्दिप सुवेदीलाई फिचरिङ गरिएको म्युजिक भिडियोमा अखिल बास्तोला र टिमको छायाँकन रहेको छ भने हिमसागर बमको सम्पादन छ ।
फरक शैलीका गीतमार्फत डा. उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राखिसकेका छन् । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् ।
उनका २३ एल्वममा रहेका गीतहरूमा माया प्रेम, रोमान्स, विछोडमात्र नभएर सामाजिक समस्याहरूलाई पनि जीवन्त रूपमा उठाइएका छन् ।