प्रचण्डले आन्दोलन आक्रामक बनाउन निर्देशन दिएपछि प्रहरीले सुरक्षा सतर्कता बढायो

दिनहुँ जस्तो राजधानीमा राजनीतिक दलका सभा सम्मेलन र प्रदर्शन हुन थालेपछि प्रहरीले सतर्कता बढाएको छ । प्रतिनिधि सभा भंग गरेपछि दल, नागरिक समाज लगायतका संघसंस्थाले प्रदर्शन गर्न थालेपछि प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको हो ।

सुरक्षा चुनौती,व्यवस्थापन र आगामी निवाचनमा केन्द्रित भएर आवश्यक तयारी गरिसकिएको प्रहरीले जनाएको छ ।



नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकारविरुद्धको आन्दोललाई आवेग सहित आक्रामक बनाउन युवा विद्यार्थीलाई निर्देशन दिए सँगै प्रहरी थप सतर्क भएको हो । अध्यक्ष दाहालले अहिलेसम्मको आन्दोलनले सरकारलाई कुनै असर नगरे पछि सडकमा टाउको फुटाउने गरि आन्दोलन हुने र त्यसको नेतृत्व आफैले गर्ने अभिव्यक्ति आइतबार दिएका थिए ।

सम्बन्धित समाचार