काठमाडौंको खड्का गाउँमा आगलागी, एक जनाको ज्यान गयो

काठमाडौंको कलङ्की, खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ । जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले जानकारी दिए। हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको उनले बताए । खड्काको छाती, पेट र ढाड पुरै जलेको छ ।



घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै थाहा पाएका थिए । थाहा पाउँदा खड्काको ज्यान गइसकेको पाइएपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।

सम्बन्धित समाचार