
प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रिय सभागृहमा ‘विशेष सम्बोधन’ गर्ने भएका छन्। उनका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले आज हुने प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका हुन्।
‘प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला, आज माघ ८ गते बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा सञ्चालन हुने कार्यक्रम रहेको छ,’ प्रेस सल्लाहकार थापाले जानकारी गराएका छन्, ‘भेलामा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुनेछ।’
भेलामा देशभरिबाट सहभागिता रहने दाबी थापाले गरेका छन्।
