
प्रधानमन्त्री केपी ओलीले उनीविरुद्ध कालो झण्डा देखाएर हिँड्नेहरुप्रति व्यङ्ग्य गरेका छन्। प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘हामी पेरिसडाँडामा बसेर कालो झण्डा उडाउनेहरु मध्ये होइनौं। हामी सडकमा कालो झण्डा देखाउनेहरु होइनौँ,’ उनले भने, ‘हामी रातो झण्डा फहराउने हौं।’
उनले प्रचण्ड-माधव नेपाल समूहले जनतालाई सिनेमा देखाइरहेको आरोप समेत लगाए। ‘केही मान्छे फिलिम देखाउन आउँछन्। सिनेमामा के हुन्छ? हिरो हुन्छ। हिरोइन हुन्छ लभ पर्या छ। हिरोइन घाइते हुन्छे। हिरो व्याकुल पर्छ। तर केही पनि होइन,’ उनले भने, ‘केही मान्छेहरु सिनेमा देखाउन आउँछन्। नाटक गर्या हुन्। केही पनि होइन। जनतालाई झुक्याउँछन्। हामीले सचेत गराउनुपर्छ।’
उनले आफूले भारतीय मिडियामा दिएको अन्तरवार्तामा खोट लगाउने ठाउँ नपाएपछि पत्रकारले सगरमाथाका बारेमा बोलेको विषयमा आफूलाई मुछ्ने प्रयास गरेको बताए । ति पत्रकारले पनि सगरमाथामाथि दाबी नगरेको भन्दै भारतकाले नापेकोले उनको नामबाट राख्नपाए हुन्थ्यो भन्ने आशय व्यक्त गर्दैमा केही नविग्रने ओलीको भनाई थियो । एक पत्रकारले आफ्नो धारण राख्दैमा भारतले सगरमाथा खाइदिएको छ र भन्ने प्रश्न ओलीको थियो ।
