पाँचथरमा गोली हानेर प्रेमिकाको हत्या गर्ने युवक काठमाडौंबाट पक्राउ

पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मुलपानीबाट गएराति उनलाई पक्रेको हो ।

हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । ०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए ।



टाउकोमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौंमा लुकिछिपी बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लाहुरेको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए ।

सम्बन्धित समाचार