बागमती प्रदेशका मुख्यमन्त्रीलाई कांग्रेसले देला साथ ?

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा कांग्रेसको भूमिका के हुने भन्ने सम्बन्धमा सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल थालेका छन् । बूढानीलकण्ठस्थित देउवा निवासमा सभापति र प्रदेश ३ का नेताहरूबीच छलफल भइरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दियो ।

प्रतिनिधि सभा विघटनको असरस्वरूप नेकपा विभाजन भएपछि नेकपाकै एउटा पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । सरकार ढाल्नका लागि नेकपाको प्रचण्ड–माधव नेपाल पक्षको मत पर्याप्त भएपनि सरकार बनाउन भने दुवै पक्षलाई कांग्रेसको साथ अनिवार्य हुन्छ ।



कांग्रेसलाई नेकपाका दुवै पक्षले प्रदेश १ र बागमतीमध्ये एउटा प्रदेश छानेर मुख्यमन्त्री लिन प्रस्ताव गरिरहेका छन् । यसअघि प्रदेश १ का नेताहरूसँग पनि देउवाले छलफल गरेका थिए । उक्त छलफल विनानिष्कर्ष टुंगिएको थियो ।

सम्बन्धित समाचार