‘मुख्यमन्त्रीविरुद्ध दर्ता भएका अविश्वासको प्रस्तावलाई कांग्रेसले समर्थन गर्छ’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन् । शनिबार विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड-माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रस्तावमा समर्थन गर्ने नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ ।



वरिष्ठ नेता पौडेलले कांग्रेस प्रतिपक्षी भएकाले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् । ‘केन्द्रमा पनि स्याडो (छाया) सरकार बनाएका छौं । यहाँ पनि हामी प्रतिपक्षी हो,’ उनले भने ‘अविश्वासको प्रस्ताव आयो भने अहिलेको सत्ताको खिलापमा हामी जान्छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा नाममा अस्थिरता ल्याउन खोजेको भन्दै उनले अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार