ओलीलाई थप कारवाही गर्न प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक भोलि बस्दै

प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्न भोलि आइतबार नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा ओलीलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नआएकाले भोलिको बैठकबाट साधारण सदस्य समेत नरहने गरी कारवाहीको निर्णय हुने नेकपा स्रोतले जनाएको छ । यसअघि अध्यक्ष माधवकुमार नेपालले समेत ओलीलाई कारवाही गर्न लागिएको जानकारी सार्वजनिक कार्यक्रममै दिइसकेका छन् ।



प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई मनोनित गरेको थियो । भोलिको बैठकमा संसद विघटनविरुद्ध भइरहेको आन्दोलन, अन्य दलसँगको सहकार्य र थप आन्दोलनका कार्यक्रमबारे समेत छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार