प्रधानमन्त्री ओलीले गरे पशुपतिमा पूजा

प्रधानमन्त्री केपी ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् । पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले भने, ‘मन्दिरभित्र संकल्पसहित गर्ने पूजा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भयो ।’पशुपति मन्दिर क्षेत्रमा प्रधानमन्त्री ओलीले करिब एक घण्टा बिताएका थिए । सो अवसरमा कोषका सदस्य सचिव डा। ढकालले पशुपति क्षेत्रमा भएका, हुँदै गरेका र आगामी विकासका योजनाबारे जानकारी गराएका थिए ।



सदस्यसचिव ढकालले भने, ‘पुनर्निर्माण लगायत यहाँका समसामयिक केही विषयहरुमा मैले जानकारी गराएँ, प्रधानमन्त्रीज्यूबाट स्वाभाविक रुपमा चासो व्यक्त भयो ।’

पशुपति मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री ओली आजै दाङ देउखुरी जाने कार्यक्रम छ ।

सम्बन्धित समाचार