निर्वाचन आयोगले नेकपालाई लेखेको पत्रको पूर्णपाठ सार्वजनिक, भन्यो – ‘कि पार्टी फुटाऊ कि मिलेर जाऊ’

आइतबार नेकपा विभाजन नभएको निर्णय गरेको निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई पत्र काटेको छ। आयोगले दुवै पक्षलाई आधिकारिकता नदिएपछि पुनः मिल्न, पार्टी फुटाउनु परे फुटाउन वा नयाँ दल दर्ता गरेर मात्रै निर्वाचनमा जान पाउने जनाएको छ।

प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलगअलग भए पनि विधानत: यो पार्टीको आधिकारिकता र चुनाव चिह्नलगायत अन्य गतिविधिउपर आयोगले अमान्य ठहर गरिसकेको छ। दुई कित्तामा बाँडिएका दुवै समूहले तल्लो तहसम्म आफ्नो संगठन विस्तार गरिसके पनि निर्वाचन आयोगले पार्टी विभाजन हुन नसक्ने भन्दै पत्र काटेको हो।



आयोगले दुवै समूहलाई नचिन्ने भन्दै अब पार्टी फुटेको भनेर आयोगमा निवेदन दिनुपर्ने वा नयाँ पार्टी दर्ता गरेर मात्रै निर्वाचनमा जान भनेको छ। निर्वाचन आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेसँगै नेकपा विवाद नयाँ मोडमा पुगेको छ । असअघि दुबै समूहले आफ्नो पक्षमा निर्णय आएको दाबी गर्दै आएका थए ।

हेर्नुहोस् आयोगले लेखेको पत्रको पूर्णपाठ

 

सम्बन्धित समाचार