राष्ट्रपति भण्डारीसँग पनि अमेरिकी राजदूतले गरे भेटघाट

राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन् । देशका शीर्ष अधिकारी तथा राजनीतिक नेताहरूसँग भेटघाटको सिलसिला चलाइरहेका राजदूत बेरीले त्यसैक्रममा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनको प्रशासनका प्राथमिकताहरूका विषयमा जानकारी दिने उद्देश्यले उनले यी भेटघाटहरू गरिरहेका हुन् ।



संसारका विभिन्न मुलुकमा लोकतन्त्रलाई बलियो बनाउन र महिला तथा बालबालिकाको अधिकारलाई उकास्न बाइडन प्रशासनको प्राथमिकता रहेको भनी राजदूत बेरीले राष्ट्रपति भण्डारीलाई बताएको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार