हजारौं नग्न फोटो लिक भएकी सिनिनातले पाइन थाइल्याण्डकी दोस्रो रानीको उपाधि

केही समयअघि हजारौं नग्न फोटो लिक भएकी थाइल्याण्डका राजा महा वाजीरालंकर्णकी गर्लफ्रेण्ड सिनिनात वोङवाजीरापक्डीले रानीको उपाधि पाएकी छिन् । उनको ३६ औं जन्मदिनको अवसरमा राजाले उनलाई उपहारस्वरुप देशकी दोस्रो रानी बनाएका हुन् ।

अहिले उनी जेलबाट बाहिर निस्किएर पछि तस्विरहरु बाहिरीएका हुन् । उनीमाथि रानीको छवि खराब गरेको आरोप लागेर जेल परेका थिए । डेली मेलको रिपोर्ट अनुसार सिनितको नग्न तस्बिर थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई पनि पठाइएको छ। थाइल्याण्डका राजशाहका आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि सिनिनातको तस्बिर पठाइएको छ ।



राजा वजिरालोंगकोर्नले सन् २०१९ मा सुथिडासँग विवाह गरेका थिए जसले रानीको दर्जा पाएकी छिन् । यसअघि पनि राजाले तीन विवाह गरेका थिए र उनका सात सन्तान छन् । यद्यपि, अघिल्ला तीन श्रीमतीसँग उनको सम्बन्धविच्छेद भइसकेको छ । ४२ वर्षक सुथिडा र ३५ र्वाकी सिनित दुबैले राजाको महलमा वरिष्ठ अधिकारीको रुपमा काम गरिसकेका छन् ।

तपाईंलाई जानकारी गराउ कि थाईल्याण्डका राजाले चार विवाह गरेका छन् । ६८ वर्षीय राजाले चौथो विवाह २०१९ मा ​​सुथिडासँग गरेका थिए । उनको अन्य तीन पत्नीहरूसँग सम्बन्ध विच्छेद भैसकेको छ । रोचक कुरा के भने उनका तीन जना पूर्व पत्नीहरूबाट सात बच्चा छन् । राजाले ३५ वर्षे सिभितलाई रोयल नोबल कन्सर्ट गत वर्ष बनाएका थिए, यसभन्दा पहिले उनी एक नर्स थिइन् ।

सम्बन्धित समाचार