नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।
कोरोना भाइरसको महामारी भयङ्कर बनिरहँदा बेड खालि गर्न भन्दै वार्डमा दुई बिरामीको हत्या गरेको आरोपमा इटालियन डाक्टरलाई पक्राउ गरिएको छ। ४७ वर्षीय कार्लो मोस्का नामका डाक्टरले ६१ वर्षीया नाताल बास्सी र ८० वर्षीया एन्जेलो पलेट नामका दुई बिरामीहरूलाई गत मार्चमा लोम्बार्डीको अस्पतालमा एनेथेसियाको घातक डोज दिएको आरोप उनीमाथि लागेको छ ।
नर्सहरू बीचको व्हाट्सएप सन्देशमार्फत उनले २ बिरामीको हत्या गरेको पत्ता लागेको थियो । महामारीका बीच इटालीमा देशैभर बेड भरिएका थिए । अधिकारीहरूले थप तीन मृत्युको अनुसन्धान गरिरहेका छन् । उनीहरूको दाबी अनुसार मोस्काले मृतकको मेडिकल रेकर्ड परिवर्तन गरेका थिए ।
मोस्कालाई अहिले मन्टुआमा उनको घरमा नजरबन्दमा राखिएको छ । उनले आफूमाथि लगाइएको आरोपहरूको इन्कार गर्दै आरोपलाई ुआधारहीनु भनेका छन् ।