प्रचण्डको भैंसी पूजा र प्रधानमन्त्रीले पशुपतिनाथमा गरेको पूजाको तुलना गर्दै सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र प्रशंसा भएको बताएका छन्। कम्युनिष्ट प्रधानमन्त्रीहरूले प्राय: पशुपतिनाथ पुगेर पूजाआजा गरेका थिएनन्। तर नेपाल कम्युनिष्ट पार्टी ओली पक्षका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गत पुस १२ गते बिहान पशुपतिनाथ मन्दिर पुगेर संकल्प पूजा गरेका थिए।

प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली पशुपतिनाथ मन्दिर धाएकोमा चुनावसँग जोडेर चर्चा भइरहेका छन्। प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेको तीन दिनपछि उनका सल्लाहकार थापाले पुन: यो विषयलाई प्रष्टाउन खोजेका छन्- सामाजिक सञ्जालमा ओली र प्रचण्डका फोटा राखेर।



पशुपतिनाथमा पूजाआजाका लागि पुगेका प्रधानमन्त्री ओली र भैंसी पूजा गरिरहेका पुष्पकमल दाहाल प्रचण्डका बेग्लाबेग्लै तस्बिर फेसबुकमा राखेर विहीबार बिहान सल्लाहकार थापाले पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक मानिँदैन भनेका छन्।

‘प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माण कार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो,’ उनले लेखेका छन्, ‘सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो।’

थापाका अनुसार पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ। ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ,’ उनले भनेका छन्।

थापाले राखेको दोस्रो तस्बिर प्रचण्डको छ। ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेपकपामा प्रचण्ड-नेपाल समूह बनाएर प्रचण्ड विरोधका कार्यक्रम गरिरहेका छन्।

सम्बन्धित समाचार