आफैंले बनाएको प्रधानमन्त्री सामन्तीको एजेन्ट भए : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैंले प्रधानमन्त्री बनाएको केपी ओली सामन्तीको एजेन्ट भएको बताएका छन्। पार्टी एकतापछि महँगी भ्रष्टाचार अन्त्य गर्दै सबैलाई समानता र सम्मान गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने भन्दै आफूले बाँकी जीवन समृद्धिका लागि समर्पित गर्छु भनेको उनले स्मरण गराए। उनले भने, ‘तर आज आफ्नै पार्टीभित्रको आफैंले सामन्तीको एजेन्ट भए।’

प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनअन्तर्गत रूपन्देहीको बुटवलमा आयोजित विरोधसभामा बोल्दै प्रचण्डले ओली तानाशाहीका रूपमा अघि बढेको आरोप लगाए । ‘ओली श्री ३ महाराज बन्न खोजेका छन् तर हेर्दै गर्नुहोला उनको निरंकुशता चुट्कीका भरमा सकिनेछ’ प्रचण्डले भने, फेरि एकपटक श्री ३ हुन चाहनेलाई लुम्बिनीले धराशायी बनाउनेछ भन्नेमा म विश्वस्त छु।’



गलत विचारविरुद्ध न्याय र स्वतन्त्रताको पक्षमा अपिल गर्न आएको उनको भनाइ थियो। पार्टी एकता र वाम गठबन्धनको कारण खुलाउँदै उनले पार्टी एकताले राजनीतिक अस्थिरताको अन्त्य भई समानताको न्यायतिर लान सकिने विश्वास गरेको बताए।

देशलाई एक ढिक्का गराएर विकासको गतिमा अघि बढाउन पार्टी एकताको पक्षमा केपी ओलीसँग गएपनि पार्टी एकता तोड्ने काम भएको उनले बताए।

सम्बन्धित समाचार