नेकपाको दुवै समूह पुग्यो निर्वाचन आयोग, प्रचण्ड–माधव समूहले चुनावी प्रयोजनमा छलफल नगर्ने

नेकपा प्रचण्ड–नेपाल समूहका तीन नेता निर्वाचन आयोग पुगेका छन् । आयोगले छलफलका नेकपाका दुवै समूहलाई बोलाएकामा प्रचण्ड–माधव समूहका लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेका हुन् ।

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी छलफलका लागि बोलाएको भए पनि निर्वाचनका विषयमा भने छलफल नहुने पोखरेलले जानकारी दिए । दलको आधिकारिकतासम्बन्धी विवाद कायमै रहेकाले चुनावी प्रयोजनको छलफलमा आफूहरू सहभागी नहुने पोखरेलले बताए ।



उता ओली समूहबाट भने महासचिव विष्णु पौडेल, सुवास नेम्बाङसहित सातजना आयोगले बोलाएको छलफलमा सहभागी हुने भएका छन् ।

सम्बन्धित समाचार