काठमाडौंमा आज कांग्रेसको विरोध सभा, यी नेताले गर्दैछन् सम्बोधन

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले शुक्रबार काठमाडौंमा विरोध सभा गर्दैछ । शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षार्थ तथा केपी ओली सरकारको असंवैधानिक कदमको विरुद्धमा शहिद दिवसको अवसर पारेर कांग्रेसले सभाको आयोजना गरेको हो ।

काठमाडौं क्षेत्र नं. ६, क्षेत्रीय समितिले गरेको विरोध सभा रत्नपार्कस्थित शान्तिवाटिकामा दिउँसो १ बजेबाट शुरु हुनेछ । यो क्षेत्र नेता सिटौला निकट भीमसेनदास प्रधानको निर्वाचन क्षेत्र हो । कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका कारण प्रतिनिधिसभा विघटनपछि पार्टीले गरेका विरोध सभाहरुमा सहभागी नभएका नेता सिटौलाकै चाहना बमोजिम विरोध सभाको आयोजना गरिएको हो ।



विरोध सभालाई पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेतृ पुष्पा भुषाल, गगन थापा, प्रदिप पौडेल, भीमसेनदास प्रधान र काठमाडौं जिल्ला सभापति सबुज बाँनियाँ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार