नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विशाल विरोध सभा गर्दैछ। प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो। विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल शनिबार बिहान धनगढी आउदै छन्।
धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका नेता तारालामा तामाङले जानकारी दिए। लामाका अनुसार धनगढीको दुई ठाउँबाट -याली निकालिने छ। ती -याली कार्यक्रमस्थलमा गएर टुङगिने छ । ५० हजार नागरिक सडकमा उतार्ने तयारी गरिएको लामाले बताए ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन्।
नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सो समूले यसअघि काठमाडौँ, बुटबल, विराटनगर लगायतका ठाउँमा विरोध सभाको आयोजना गरिसकेको छ।
