विवाह गर्दै गायिका अन्जु पन्त, को हुन् दुलहा ?

नेपालकी चर्चित तथा लोकप्रिय गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । यो उनको दोस्रो विवाह हुनेछ ।

गायिका पन्त छोरी परितोशिकाको आग्रहका कारण विवाहका लागि तयार भएको बताइन्छ । यद्यपि गायिका पन्तले आफ्नो विवाहका बारेमा भने अहिलेसम्म केही पनि बताएकी छैनन् ।



स्रोतका अनुसार अञ्जुले भव्य रुपमै विवाह गर्दैछन् । हुन त उनीहरूको विवाहको मिति भने घोषणा गरिएको छैन । भनिन्छ, विवाहका लागि अञ्जु र थीरको अहिले चर्चित बुटिकमा लुगा तयार भइरहेको छ । गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् ।

सम्बन्धित समाचार