ओलीले हिन्दु राज्य घोषणा गरे राप्रपा र अधिकाँश नेपालीको साथ रहन्छ: लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाश चन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीले नेपाललाई हिन्दु राज्य घोषणा गरे राप्रपाले साथ दिने बताएका छन् । लोहनीले ओलीले हिन्दु राज्य घोषणा गरे अधिकांश नेपालीले साथ दिने बताउँदै त्यस्तो घोषणामा राप्रपाको साथ र सहयोग हुने बताएका हुन्।

लोहनीले भने, ‘भूतपूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीजीले माघ २३ गते नेपाललाई हिन्दू राष्ट्र हुनुपर्ने कुराको घोषणा गर्ने भनी बोलेको सामाजिक सञ्जालमा पढियो। यदि ओलीजीले यो गर्नु भयो भने अधिकाँश नेपाली जनताले त्यसलाई समर्थन गर्ने छन्।’



नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र पाण्डेले नारायणहिटी दरबार अघि हुन लागेको माघ २३ गते हुन लागेको ओलीपक्षको भेलामा प्रधानमन्त्रीले नेपाललाई हिन्दु राज्य घोषणा गर्न सक्ने बताएका थिए। उनले राजावादी शक्तिसँग ओलीको साठगाँठ रहेको पनि बताएका थिए।

सम्बन्धित समाचार