नेपालमा पुरुषले भन्दा महिलाले बढी प्रयोग गर्छन् सेक्स टोय

काठमाडौंमा दैनिक औसत ८-९ वटाको दरले सेक्स टोयको व्यापार हुने गरेको पाइएको छ । नेपालमा पनि टोयको माग बढ्दै गएको छ । देशभर नौवटा भन्दा बढी टोयका पसल छन् । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामग्रीलगायतका यौन सामग्री नेपालमा उपलब्ध छ । काठमाडौंमा पछिल्लो समय फुल बडी टोय उपलब्ध नभए पनि पोखरामा भने उपलब्ध छ ।

काठमाडौंमा ११ सयदेखि १२–१३ हजार मूल्यसम्मका खेलौना उपलब्ध छन् । नेपालमा कन्डम हाउसले होलसेलमा टोय बिक्री गर्दै आएको छ । हाउसबाटै काठमाडौंबाहिर पनि टोय जाने गरेको छ । नेपालमा चीन, थाइल्यान्ड, जापान, मलेसिया र कोरियाबाट टोय ल्याउने गरिन्छ ।



अनलाइन बिजनेस मेरो सपिङले तीन वर्षदेखि टोयको व्यापार गर्दै आएको छ । मेरो सपिङ पनि पुरुषको तुलनामा महिलाका लागि दोब्बर संख्यामा टोय बिक्री हुने बताउँछ । मेरो सपिङमा भने अत्यधिक मात्रामा टिन एजर्सले टोयको माग गर्ने गर्छन् । तर, उनीहरूले आफ्नो परिचय भने राम्रोसँग नखुलाउने गरेको सञ्चालक बताउँछन् ।

भाइवर, फेसबुक म्यासेन्जरमार्फत पे निस, टाइटेनिङ जेल लगायतका सामग्री मगाउने गर्दछन् । तर, अनलाइनमा यस्ता सामान मगाउनेले आफ्नो नाम सत्य नबताउने मेरो सपिङका सञ्चालक बताउँछन् । नेपालका प्रायः टोय पसलेले होम डेलिभरी नगरे पनि मेरो सपिङको विशेषता भने होम डेलिभरी नै हो ।

व्यवसायी भने टोयको उत्साहप्रद व्यापारचाहिँ नभएको बताउँछन् । तीनदेखि ६ हजार रुपैयाँसम्मको टोय अत्यधिक बिक्री हुने व्यवसायीहरु बताउँछन् ।

सम्बन्धित समाचार