नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।
जापानमा लागू गरिएको संकटकाल एक महिना थप्ने तयारी भएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो । महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि लम्ब्याउने तयारी भएको अधिकारीहरूले जनाएका छन् ।
राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गरेका थिए ।
अहिले लागू गरिएको संकटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्नेबारे मंगलबार विज्ञहरूसँग परामर्श गर्दैछन् ।