नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।

संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजेका लागि बोलाएको संवैधानिक परिषद् बैठक साँझ ५ बजेका लागि सारेका थिए । ‘बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ,’ अध्यक्ष तिमिल्सिनाले भने,‘ अब बैठक अर्को दिन बस्छ । ’
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख र प्रधानन्यायाधीश सदस्य सदस्य रहन्छन् । तर, प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेकाले संवैधानिक परिषदमा हाल प्रधानमन्त्रीसहित पाँच सदस्यीय मात्रै छ ।
