अर्को सरकार बन्न सक्ने अवस्था छैन भन्ने प्रमाणीकरण प्रधानमन्त्रीले गर्ने कि संसद्ले ?

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गरिरहेका छन् । उनले संसद्बाट सरकार बन्ने अवस्था नरहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन् । उनले यस्तो दाबी पटक–पटक दोहोर्‍याइरहँदा न्यायाधीश अनिल सिन्हाले मंगलबार उनलाई त्यस्तो अवस्था कसरी देखिन्छ भन्दै प्रश्न गरेका छन् । ‘अर्को सरकार बन्न सक्ने अवस्था छैन भन्ने प्रधानमन्त्रीले प्रमाणीकरण गर्ने कि संसदले रु,’ सिन्हाको प्रश्न थियो ।

जवाफमा उनले ०५२ सालको विघटनको सन्दर्भ उठाएपछि सिन्हाले प्रतिप्रश्न गर्दै हरेक प्रश्नको जवाफका लागि ०५२ सालमा फर्किएर हुन्छ रु भन्दै सोधेका थिए । त्यसपछि खरेलले प्रधानमन्त्रीले धेरै प्रयत्न गर्दा पनि संसद्बाट आउनुपर्ने कुरा नआएको र विघटन बाध्यतावश चालेको कदम भएको बताए ।



गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । १३ दिनसम्म विघटन असंवैधानिक भन्दै परेका १३ रिट निवेदकका पक्षबाट बहस सकिएपछि सोमबारबाट सरकारी पक्षको बहसको पालो आएको हो ।

सम्बन्धित समाचार