श्वेता भन्छिन् – ‘सुष्मालाई ५ वर्ष जेल हाल्ने सम्मको प्रमाण हामीसँग छ’

नायिका श्वेता खड्काले सुष्मा कार्कीले पत्रकार उत्सव रसाइली र श्वेताकी बहिनी आरतीले कुटपिट तथा गालीगलौज गरेको भन्ने आरोप झुटो भएको बताएकी छन् । सुष्माले लगाएको आरोपबारे प्रतिक्रियादिंदै श्वेताले भनिन्–‘चर्चामा आउनका लागि सुष्माले अरुसँग नाम जोडेर झुटो आरोप लगाएकी हुन् । यो विषयमा उहाँलाई नै सोध्नुहोला । म कस्तो स्वभावको मान्छे भन्ने सबैलाई थाहा छ ।’

सष्माले आफ्नो बहिनीलाई पटक–पटक खिल्ली उडाएर रसाईलीलाई तल्लो जातको भन्दै जथाभावी बोलेपछि विवाद भएको उनको भनाई छ । उनले भनिन्-‘खड्काले भनिन् यसरी कसैलाई व्यक्तिगत रुपमा आँच आउने गरी तल्लो जातको भन्दै हेप्न पाइन्छ रु हामीसँग उनलाई ५ वर्ष जेल हाल्ने सम्मको प्रमाण पनि छ ।’



नायिका खड्काले क्लबको भिडियो फुटेज हेरे सबै कुरा छर्लङ्ग हुने पनि बताइन् । नायिका कार्कीले काठमाडौंको लण्डन पब क्याफेमा आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिने बताएपछि समाचार एकाएक भाइरल भएको छ ।

नायिका स्वेता खड्काले समेत आफूलाई अपशब्द प्रयोग गरेको समेत शुष्माले आरोप लगाएकी छन् । उनीहरुको झगडाबारे प्रहरीले अनुषन्धान भैरहेको बताएको छ ।

स्वेता खड्काकी बहिनी र उत्सव रसाइलीले कुटे सुस्मा कार्कीलाई, प्रहरीमा उजुरी

सम्बन्धित समाचार