प्रचण्ड-माधव समूहका विद्यार्थीले संसद भवन अगाडि गरे चक्काजाम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले केही समय सडक जाम गराएर प्रदर्शन गरेका हुन् ।

यसअघि सार्वजनकि कार्यक्रम अनुसार २१ गते बुधबार सबै क्याम्पस अगाडि चक्काजाम गर्ने उल्लेख थियो । सोहीअनुसार मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि जाम गराएका हुन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूह यतिबेला आन्दोलित रहेको छ ।

सम्बन्धित समाचार