नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।

प्रचण्ड–नेपाल समूहले काठमाडौंको सामाखुसीमा एउटा ट्याक्सी जलाएका छन्। आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका ६० जना पक्राउ परेका छन्। त्यसैगरी आमहड्ताल उल्लंघन गरेको भन्दै गोंगवुमा सुमो तोडफोड गरिएको हो ।
गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले बताए ।
नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापालगायत काठमाडौंबाट ६० जना नेता तथा कार्यकर्ता पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए।
संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आम हड्तालको घोषणा गरेको छ।
आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपाले आमहड्ताल घोषणा गरेको हो।

