आमहडतालविरुद्ध महेश बस्नेतको नेतृत्वमा युवाको प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले विहीबार आयोजना गरेको आमहडतालविरुद्ध प्रधानमन्त्री केपी ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा युवा–विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । बस्नेतको नेतृत्वमा ओली समूहका युवा–विद्यार्थीहरूले कमलादीबाट पुतलीसडक हुँदै प्रदर्शनीमार्गसम्म प्रदर्शन गरेका हुन् ।

स्वयंसेवकको टोपी लगाएका युवाहरूको समूहले बन्द–हडताल मुर्दावाद, केपी ओली जिन्दावाद, २३ माघको जनप्रदर्शन सफल पारौँ जस्ता नारा लगाएका थिए ।



बस्नेतको नेतृत्वको जुलुस रत्नपार्कतिर मोडिँदा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरूसँग झडप हुने सम्भावना देखिएकाले सडकको दायाँ–बायाँ सुरक्षाकर्मी परिचालित भएका थिए । उनीहरूले सडक आसपासमा पसलहरूसमेत खुलाएका थिए ।

सम्बन्धित समाचार