आमहडताल सफल भयो : प्रचण्ड-माधव समूह

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले विहीबार आह्वान गरेको आमहडताल सफल भएको दाबी गरेको छ । प्रचण्ड-नेपाल समूहले विहीबार साँझ विज्ञप्ति निकालेर जनसमर्थन, सद्भाव, सहभागिता र नेता तथा कार्यकर्ताको उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिएकाले आमहडताल सफल भएको भन्दै कार्यकर्तालाई धन्यवाद दिएको छ ।

आमहडतालमा खटिएका पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, कृष्ण केसीलगायतका नेता कार्यकर्ता गिरफ्तार गरेकोप्रति सो समूहले आपत्ति जनाएको छ । उनीहरूले गिरफ्तार गरिएका सम्पूर्ण नेतारकार्याकर्ता तत्काल रिहा गर्न माग गरेका छन् ।



प्रचण्ड माधव समूहले प्रतिनिधिसभाको विघटन र संवैधानिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्तिविरुद्धमा विहीबार गरेको आमहडतालको आह्वान गरेको थियो ।

सम्बन्धित समाचार