नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।

सरकारले एकसाथत ठूलो संख्यामा उपसचिवको सरुवा र पदस्थापन गरेको छ। विहीबार बसेको संघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका ६१ उपसचिवको सरुवा गरेको हो।
सरुवा र पदस्थापन भएकामध्ये केही जना केही समयअघि बढुवा भएका हुन्। उनीहरूलाई स्थानीय तह, प्रदेश र संघमा सरुवा तथा पदस्थापन गरिएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी २२ उपसचिवलाई स्थानीय तहमा पठाइएको छ।

