आज कहाँ-कहाँ हुनेछ वर्षा र हिमपात ?

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा वर्षा र हिमपात हुने पूर्वानुमान गरेको छ । महाशाखाले शनिबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार आज देश पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

आज प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।



आज राति भने प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक -दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ । यी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

सम्बन्धित समाचार