प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसद्वारा आज देशभर प्रदर्शन

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा संसद विघटन गरेको भन्दै कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज ७७ वटै जिल्लाहरुमा शुभेच्छुक संस्थाहरुको सहभागितामा मौन प्रदर्शन गरेको हो ।

काठमाडौंमा कांग्रेसले मानव साङ्लो बनाइ टुँडिखेल घेराउ गरेको छ । सरकारको असंवैधानिक कदमका विरुद्ध आफूहरुको आन्दोलन जारी रहने कांग्रेसले जनाएको छ ।



कांग्रेसले दोस्रो चरणमा पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।

सम्बन्धित समाचार