भागरथी हत्या प्रकरण : शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर अनुसन्धानलाई तीव्र बनाएको छ।

एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तीव्र बनाएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।



बलात्कारपछि किशोरीको हत्या गरिएको आशंकामा शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाउँदै अनुसन्धान जारी राखिएको छ उनले जानकारी दिए । शंकास्पद ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक सिंहले अन्य व्यक्तिमाथि समेत निगरानी भइरहेको बताए ।

सम्बन्धित समाचार