नेपाली कांग्रेसले कसैसँग मिलेर आन्दोलन गर्दैन : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएका छन्। सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री कइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका हुन्।

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाइ छ। संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उनले बताए। महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको उनले बताए।



कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मुल दायित्व भएको बताए। संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने उनको भनाई छ। अहिले संघीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउनु नहुने पन्तले बताए।

सम्बन्धित समाचार