नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।
लोक सेवा आयोगले पाँच सय बढी राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका पदमा चार सय बढीका लागि आवेदन मागेको छ।
बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ। दरखास्त अनलाइनबाट पनि भर्न सकिन्छ।
आयोगले सब-ईञ्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुला भएको हो।