‘प्रतिनिधिसभा पुनःस्थापना गर्दा प्रधानमन्त्रीले संसद् नै नबोलाइदिए के गर्ने ?’

प्रधानमन्त्री केपी ओलीका पक्षबाट बहस गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले संसद् पुनःस्थापना गर्दा समस्या समाधान नहुने जिकिर गरेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्दै उनले विघटन सदर हुनुपर्ने बताए ।

‘एउटै पार्टी सडकमा दुईतिर नारा लगाइरहेका छन् । एउटै पार्टीको सभामुख सरकारविरुद्ध रिट लिएर आउँछ । अब पुनःस्थापना गर्दा प्रधानमन्त्रीले हाउस बोलाउनु भएन भने के हुन्छ ?,’ उनले भने, ‘श्रीमान्, यो संविधानले सबै कन्ट्रोल गर्ने अधिकार प्रधानमन्त्रीमा दिएको छ । यसकारण पुनःस्थापना गर्दा अझ बढी समस्या आउँछन् ।’



संवैधानिक इजलासमा अहिले अधिवक्ता माधवकुमार बस्नेतले बहस गरिरहेका छन् । उनले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरिरहेका हुन् ।

सम्बन्धित समाचार