ओली सरकारका दुई जना मन्त्री हाम्रो पार्टीमा फर्किदैछन्: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताएका छन्।

आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ। विरोध र प्रदर्शन कस्तो हुन्छरु जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’



प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेकोसमेत उनले बताए। साथै ओली समूहमा रहेका २ जना मन्त्री आफ्नो पार्टीमा फर्किने तयारी गरेको प्रचण्डले बताए । प्रचण्डले भने, ‘केपी ओलीतिर गएका मान्छेहरू फर्किनेहरूको लाम लागेको छ । सरकारमा रहेका दुई जना मन्त्री पनि फर्किनलाई मसँग वार्ता गरिरहेका छन् ।’

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमविरूद्ध आज प्रचण्ड-नेपालले विरोध प्रदर्शन गरेका हुन्।

सम्बन्धित समाचार