नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।

प्रधानमन्त्री केपी ओली बिरामी भएका छन्। उनलाई टाउको भारी हुने र आंशिक ज्वरो आउने भएपछि डाक्टरहरूले आराम गर्न सल्लाह दिएको बालुवाटार स्रोतले जनाएको छ।
कोरोनाको जस्तै लक्षण देखिएकोबारे बालुवाटार स्रोतले भन्यो- ‘त्यस्तो बिरामी होइन, सामान्य हो।’
पछिल्लो समय धेरै नै दौडधुप गरिरहेका प्रधानमन्त्री ओलीले स्वास्थ्य संयमता नअपनाउँदा कोरोनाको उच्च जोखिममा परेको भन्दै चिकित्सकले शतर्क गराउने गरेका छन् ।
