रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुग्यो निवासमा, घरभित्रै पत्रकार सम्मेलन

नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्। यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न झाँक्रीलाई बोलाएको बताएको थियो।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताएका थिए। शुरूमा प्रहरी कार्यालय बोलाएको भने पनि अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका छन्।



प्रहरी घरमै पुगेपछि झाँक्रीले घरभित्रै आकस्मिक पत्रकार सम्मेलन गरेकी छिन् ।

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्। झाँक्रीको अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो।

सम्बन्धित समाचार