रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरूले गरे नाराबाजी, प्रहरीसँग झडप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् । झाँक्रीलाई पक्राउ गर्न खोजिएको विरोधमा समर्थकहरूले नाराबाजी गरे हुन् ।

उनीहरूले ‘रामकुमारी झाँक्री हाइहाइ, केपी–विद्या बाइबाइ !, प्रहरी हस्तक्षेप बन्द गर !’ लगायत नारा लगाएका छन् । प्रहरीले बल प्रयोग गर्न खोज्दा झडप पनि भएको छ ।



घरबाहिर प्रहरी तैनाथ भइरहेका बेला झाँक्रीले भित्र पत्रकारहरूसँग कुराकानी गरेकी थिइन् । उनले आफूखुशी प्रहरी कार्यालय नजाने भन्दै पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई चुनौती दिइन् ।

पत्रकारहरूसँग कुराकानी गरेपछि झाँक्री समर्थकको हौसला बढाउन घरबाहिर निस्किएकी छन् । कम्पाउन्डबाहिर समर्थकहरूको नाराबाजी चलिरहँदा झाँक्रीले कम्पाउन्डभित्रबाट हेरिरहेको देखिन्छ ।

सम्बन्धित समाचार