नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ माघ ।

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आजै छाड्ने तयारी भएको छ । महानगरीय अपराध महाशाखामा प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीलाई आजै छाड्ने तयारी भएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीसँग लिखित जवाफ माग गरिएको छ । झाँक्रीले लिखित जवाफ दिएपछि रिहा गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ ।
आजै पक्राउ परेकी झाँक्रीको पक्षमा र सरकारकाे विपक्षमा चौतर्फी विरोध प्रदर्शन हुन थालेपछि त्यसले सरकारलाई नै नोक्सान गर्ने देखिएपछि झाँक्रीलाई आजै छोड्ने तयारी गरिएको स्रोतको दाबी छ ।
