दिल्लीको अपोलो अस्पतालमा भर्ना भए खनाल, के भएको छ उनलाई ?

पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । खनाल शुक्रबार नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली गएका हुन् ।

उनी दिल्लीको अपोलो अस्पतालमा भर्ना भएका छन् भने आजै भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले भेटेका छन् । भेटपछि सामाजिक सञ्जालमार्फत आचार्यले खनाल स्वास्थ्य परीक्षण एवम् उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा भर्ना भएको भन्दै शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।



खनालसँगै उनकी धर्मपत्नी रवि लक्ष्मी चित्रकारपनि सँगै दिल्ली गएकी छिन् । केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ।

 

सम्बन्धित समाचार