झुक्किएर पनि यी काम गर्दा निर्वस्त्र नहुनोस्

विष्णु पुराणमा मानिसको कल्याणका लागि निर्वस्त्र भएर गर्न नहुने कामको बारेमा बताइएको छ । हिन्दू धर्मग्रन्थमा यस्ता धेरै नियम बनाइएका छन् ।

आज हामी तपाईलाई निर्वस्त्र भएर गर्नै नहुने ४ कामको बारेमा जानकारी दिदैछौँ-



स्नान गर्दाः विष्णु पुराणका अनुसार कहिल्यै पनि निर्वस्त्र भएर स्नान गर्नु हुँदैन । स्नान गरेको समयमा एउटा केही न केही कपडा अवश्य लगाउनु पर्दछ ।

भगवान श्रीकृष्णले पनि आफ्ना गोपीहरूलाई त्यहि सल्लाह दिएका थिए । विष्णु पुराणका अनुसार निर्वस्त्र स्नान गर्नु भनेको भगवानको अपमान गर्नु बराबर हो ।

सुत्दाः विष्णु पुराणका अनुसार निर्वस्त्र भएर कहिल्यै सुत्नु हुँदैन । यस्तो गर्दा चन्द्र देव रिसाउँछन् भन्ने मान्यता रहेको छ । साथै पितृगण रातिको समयमा आफ्ना नातेदारलाई हेर्न आउँछन् ।

यस्तो अवस्था देखेपछि पितृको आत्मा अत्याधिक दुख्छ । त्यस्तो अवस्थाले पितृले आशिर्वाद नदिइकनै फर्किन्छन् । साथै रातमा नाङ्गो भएर सुत्दा नकारात्मक शक्ति पनि हाबी हुन सक्छ ।

आचमन गर्दाः हामी आचमन गर्ने बेलामा कहिल्य निर्वस्त्र भएर गर्नु हुँदैन । यस्तो गर्नु विधि विरुद्ध हुने गर्दछ । आचमनको बेला आन्तरिक शुद्धि हुन्छ ।

शुद्ध मनले गरिएको पूजालाई नै शुभ मानिएको छ । तर निर्वस्त्र भएर आचमन गर्दा मन अशुद्धि हुन्छ । त्यसैले निर्वस्त्र भएर आचमन गर्नु हुँदैन ।

पूजामा बस्दाः धेरै जसो मानिसहरु विहान निर्वस्त्र भएर नै पूजा गर्न बस्दछन् । किनभने उनीहरु सोच्छन्, कपडा अशुद्ध हुन्छन् । तर निर्वस्त्र भएर पूजा गरेको फल कहिल्यै मिल्दैन । बरु पापको भागिदार बनाउँछ ।

सम्बन्धित समाचार