ओलीको साथ छाड्न कुनै आइतबार पर्खन पर्दैन: लेखराज भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओलीको साथ छाड्न कुनै आइतबार पर्खन नपर्ने बताएका छन् । पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै मन्त्री भट्टले प्रधानमन्त्री ओलीमा पनि प्रचण्ड शैली देखिए ओलीको साथ छाड्न कुनै आइतबार पर्खनु नपर्ने बताएका हुन् ।

पार्टी बचाउनका लागि ओलीको साथमा लागेको बताउँदै भट्टले ओलीले केही तलमाथि गरे साथ छाडिदिने चेतावनी दिए । पूर्वलडाकुहरुलाई सम्बोधन गर्दै उनले रोजगारको ग्यारेन्टी र सम्मानित ढंगले सरकारले सम्बोधन गर्ने बताए ।



प्रचण्डले गत बुधबार एक सार्वजनिक कार्यक्रममा ओली सरकारका दुई मन्त्री आफ्नो समूहमा फर्किन लागेको बताएपछि भट्टले ओलीको साथ छोड्न लागेको चर्चा भएको थियो । भट्टको आजको अभिव्यक्तिले उनी ओलीसँग निकै असन्तुष्ट रहेको प्रस्ट भएको छ ।

सम्बन्धित समाचार