नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।

नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको बताएका छन्। बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले ती लगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताए।
‘१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ? उनले भने,’हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो, प्रचण्डले जवाफ दिनुपर्छ।’
उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उट्पट्याङ गरिरहेको टिप्पणी गरे। ‘पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो ?, पार्टीभित्रै मिलाउनुपर्दैन, उनले भने,’उहाँहरू विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडकमा जानुभो, साथीहरूले बाटो बिराउनुभएको छ।’
